जनता टाइम्स

९ पुष २०८०, सोमबार १४:२७

लिङ्ग परिवर्तन गरेर आफ्नै साथीलाई प्रेम प्रस्ताव राख्दा . . .


चेन्नई, ९ पुस। चेन्नई प्रहरीले सोमबार आफ्नो बाल्यकालका सहपाठीको निर्ममतापूर्वक हत्या गरेको आरोपमा एक ट्रान्ससेक्सुअल पुरुषलाई पक्राउ गरेको छ । बाल्यकालकी सहपाठी आर नन्दिनीलाई उनको जन्मदिनमा सरप्राइज दिने बहानामा ट्रान्सम्यानले जलाइदिएका हुन् ।

प्रहरीले आरोपित व्यक्तिको नाम वेत्रिमरन भएको बताएको छ, जो ट्रान्स म्यान हुन्। उनले आफ्नो बाल्यकालको सहपाठी आर नन्दिनीसँग विवाह प्रस्ताव गरेका थिए, जो पेशाले सफ्टवेयर इन्जिनियर थिइन्। उर्नलाई निर्मम तरिकाले जिउँदै जलाइएको थिए ।

प्रहरीले अभियुक्तले लिंग परिवर्तन गरेको खुलासा गरेको छ । पहिले उनी केटी थिइन् । त्यसपछि उनले आफ्नो लिङ्ग परिवर्तन गरिन् । पहिले अभियुक्तको नाम पाण्डी महेश्वरी थियो, जसलाई उनले लिङ्ग परिवर्तनपछि वेत्रिमरण राखेका थिए ।

आरोपित ट्रान्सम्यानले आर नन्दिनीसँग बिहे गर्न लिंग परिवर्तन गरेको प्रहरीले जनाएको छ । तर आर नन्दिनीले विवाह गर्न अस्वीकार गरिन् । त्यसपछि बदला लिने नियतले ट्रान्सम्यानले उनको जन्मदिनको अवसरमा षड्यन्त्र गरी जिउँदै जलाएर हत्या गरेका थिए ।

चेन्नई प्रहरीले आरोपी ट्रान्सम्यानलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ । चेन्नईको केलम्बक्कम नजिकै थलाम्बुरमा शनिबार उनको जन्मदिनको पूर्वसन्ध्यामा ट्रान्सम्यानले आर नन्दिनीलाई चकित पार्ने बहानामा आँखामा पट्टी बाँधेको प्रहरीले जनाएको छ। त्यसपछि उनलाई साङ्लोले बाँधेर जिउँदै जलाइएको थियो ।

२५ वर्षीया आर नन्दिनी पेशाले सफ्टवेयर इन्जिनियर थिइन् र मदुरैको एउटा सफ्टवेयर कम्पनीमा काम गर्थिन् । आर नन्दिनीले बाल्यकालदेखि भएकाले ट्रान्सम्यान वेत्रिमरनको नियतमा शंका गरिनन्। घटनालाई अगाडि बढाउनुअघि वेत्रीमारनले आफू नन्दिनीलाई उनको जन्मदिनअघि सरप्राइज दिन चाहेको बताएका थिए। नन्दिनी यहाँ आफन्तको घरमा बस्दै आएकी थिइन् ।

२६ वर्षीया पाण्डी महेश्वरी लिङ्ग परिवर्तन हुनुअघि नन्दिनीसँगै मदुरैको एउटा विद्यालयमा पढ्थिन् भन्ने अनुसन्धानबाट खुलेको छ । महेश्वरीबाट नाम परिवर्तन गरेर वेत्रिमरण राखे पनि नन्दिनीले मानवीय आधारमा उनीहरूको मित्रतालाई निरन्तरता दिएकी थिइन् । उनीहरु दुवै यहाँ एउटै कम्पनीमा काम गर्ने गरेको प्रहरीले जनाएको छ ।