सुनसरी, पुस १० । श्रीलंका टप्पु जोडिने नेपालकै ठुलो सप्तकोसी नदीमा झोलुङ्गे पुल बन्ने भएको छ । सुनसरीको वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरवारिबाट श्रीलङ्का टप्पु जोडिने झोलुङ्गे पुलको निमार्ण हुने भएको हो ।
सङ्घीय सरकारको ठुला झोलुङ्गे पुल निमार्ण विभाग अन्र्तगत सप्तकोसीमा साढे पाँच किलोमिटरको झोलुङ्गे पुल बन्ने भएको वराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले जानकारी दिनुभयो । वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरवारिबाट टापुका बस्तीसँग जोडिन कोशीमा झोलुङ्गे पुल निमार्ण हुने भएको हो ।
र्थिक विकास संयोजक गुरुङका अनुसार सप्तकोसी नदीमै पहिलो पटक यति लामो झोलुङ्गे पुल निमार्णको लागि डिपिआरको काम अन्तिम चरणमा पुगेको छ । श्रीलङ्का टप्पुलाई जोड्न साढे पाँच किलोमिटर लम्बाइको पुल निमार्ण हुने भएको हो ।
झोलुङ्गे पुल सर्भेको लागि ऋषीकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौँले डिपिआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको सब इन्जिनियर रञ्जितकुमार यादवले जानकारी दिनुभयो । सब इन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको छ ।
डिपिआरको डिजाइन भने तयार हुन बाँकी रहेको यादवले जानकारी दिनुभयो । डिजाइन सकिए लगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताइएको छ । नमुना झोलुङ्गे पुल नामकरण गरी गत आर्थिक वर्षमा पनि पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो ।

टप्पु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनको लागि राम्रो मानिँदै आएको छ । पुल वनेपछि टप्पु बासीको दैनिक जीवनमा सहजता हुने छ । टप्पु बासीले उत्पादन गरेका कृषि उपजहरू बजार लान सहज हुने छ । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ र बेलका नगरपालिकाको २ र ३ वाड टप्पु क्षेत्रमा पर्छ ।
टप्पु १४ किलोमिटर लम्बाइ र ५ किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको छ । श्रीलङ्का टप्पुमा ४५ सय घर धुरीका १० हजारभन्दा बढीको सङ्ख्यामा मानिसहरू बसोबास गर्दै आएका छन ।













प्रतिक्रिया दिनुहोस्