कतार, पुस १० । प्रवासी नेपाली मञ्च (ओएनएफ) राष्ट्रिय कमिटी कतारले आगामी जनवरी ५ मा १९औं स्थापना दिवस भब्य रुपमा मनाउने निर्णय गरेको छ ।
एमाले सचिव तथा पूर्वमन्त्री गोकर्ण बिष्टलाई प्रमुख अतिथि बनाएर सनैयास्थित फुलवारी रेस्टुरेण्टको सभाहलमा बिशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने निर्णय गरेको हो । ओएनएफ कतारले सो कार्यक्रममा सहभागी हुन सवै सदस्य तथा नेपाली समुदायलाई अफिल गरेको छ ।
मञ्चले भनेको छ, ‘कार्यक्रममा यहाँहरूको अन्तरक्रियात्मक सहभागिताले हामीमा थप सकारात्मक उर्जा,उत्साह प्रदान गर्ने पूर्ण विश्वासका साथ गरिमामय उपस्थितिका लागि सादर अनुरोध गर्दछौँ।’
प्रतिक्रिया दिनुहोस्