जनता टाइम्स

१० पुस २०८०, मंगलबार १६:०८

पाकिस्तानमा सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु


कराँची, १० पुस । पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी शहर कराँचीमा बहुमंजिला आरजे सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो ।

पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको सहरमा रहेको उक्त मलमा बिहानैदेखि आगलागी भएको थियो । सामाजिक सञ्जाल एक्समार्फत् कराँचीका मेयर मुर्तजा वाहब सिद्दिकीले आगलागीमा १० जनाको मृत्यु भएको र २२ जना घाइते भएको जानकारी दिए ।