जनता टाइम्स

११ पुष २०८०, बुधबार १४:१०

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जना छानिए


काठमाडौं, पुस ११ । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदको खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा परेका छन ।

अर्थ मन्त्रालयका अनुसार पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ कोषको कार्यकारी निर्देशकको सर्ट लिस्टमा पर्नुभएको हो ।

मन्त्रालयका अनुसार शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्‍कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारहरुलाई सर्ट लिस्टमा छनोट गरिएको हो ।

सर्ट लिस्टमा परेका ब्यक्तिहरुले पावर प्वाइन्ट प्रस्तुति र अन्तर्वार्ता दिनेछन् । त्यसबाट एक जनाको छनोट हुनेछ । सर्ट लिस्टमा परेकाहरुको लागि प्रस्तुति र अन्तर्वार्ताको मिति पुस १७ गते तोकिएको छ ।

यसअघि मन्त्रालयले २१ कात्तिकमा एक सूचना प्रकाशित गरी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा १० जनाले आवेदन दिएका थिए ।