जाजरकोट, ११ पुस । जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ । कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको आज मृत्यु भएको प्रहरीको भनाइ छ । उहाँले २४ दिनअघि छोरालाई जन्म दिएकी थियो ।
यसअघि एउटा दुईवर्षीय छोरा रहेकोमा उहाँको दोस्रो सन्तानलाई जन्म दिनुभएको थियो । तीन दिनअघिदेखि कल्पनाको शरीर सुन्निएको थियो । कल्पनाको परिवार कात्तिक १७ गतेको भूकम्पपछि पालमुनि बस्दै आएका थिए ।













प्रतिक्रिया दिनुहोस्