काठमाडौं, ११ पुस । नापी कार्यालय, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । त्यसपछि खटिएको टोलीले उनलाई बुधबार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ गरेको हो।













प्रतिक्रिया दिनुहोस्