जनता टाइम्स

११ पुष २०८०, बुधबार १९:०५

वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध घरेलु हिंसाको मुद्दा


काठमाडौं, ११ पुस। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी विरुद्ध जिल्ला अदालत ललितपुरमा घरेलु हिंसा गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

उनकी पत्नी जानकी पाण्डेले आफूमाथि घरेलु हिंसा गरेको भन्दै भण्डारीविरुद्ध मुद्दा दायर गर्नुभएको हो । अधिवक्ता समेत रहनुभएकी पाण्डेले आफूमाथि श्रीमानले घरेलु हिंसासँगै आर्थिक र मानसिक हिंसा गरेको आरोप लगाउनुभएको छ ।

उहाँले भण्डारीविरुद्ध नाता कायम गरेर विवाह दर्ता गरिपाउँ भनी अर्को मुद्दा पनि दायर गर्नुभएको छ । २०७४ सालमा आफूसँग विवाह गरेका श्रीमान सुरेन्द्र भण्डारीले विवाह दर्ता गर्न इन्कार गरेको आरोप छ ।सुरेन्द्र भण्डारीले २०८० सालको मिति राखेर मात्रै विवाह दर्ता गरिदिन्छु भनेको भन्दै उनले विवाह भएकै मितिमा विवाह दर्ता हुनुपर्ने मागसहित अर्को मुद्दा दर्ता गर्नुभएको हो ।