जनता टाइम्स

१३ पुष २०८०, शुक्रबार १४:०३

अमिर खानको घरमा बिबाहको माहौंल, ठूला स्टारहरू सहभागी हुदैँ


मुम्बइ, १३ पुस । बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ अर्थात् आमिर खानको घरमा आजकाल खुसीको माहोल छ ।

वास्तवमा अभिनेताकी छोरी इरा खान आफ्नो लामो समय देखीका प्रेमी नुपुर शिखरेसँग विवाह बन्धनमा बाँधिदैछिन् । यो जोडीको विवाहपूर्व समारोह सुरु भएको छ ।

हामी यहाँ आमिर खानकी छोरी इरा खान र नुपुख शिखरेको विवाहसँग सम्बन्धित सबै विवरणहरू बारे जानकारी दिनेछौं ।

आमिर खानकी छोरी इरा खान र नुपुर शिखरेले गत वर्ष सेप्टेम्बरमा इटालीमा इन्गेजमेन्ट गरेका थिए । दुई महिना पछि दम्पतीले घनिष्ठ साथीहरूसँग एक बिशेष पार्टी होस्टसमेत गरेका थिए । यस पार्टीमा आमिरको सम्पूर्ण परिवार र उनका पूर्व पत्नी रीना दत्त र किरण राव, अभिनेत्री फातिमा सना शेखलगायत नजिकका साथीहरू उपस्थित थिए।

इरा र र नुपुरको इन्गेजमेन्टको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । अब त्यो दिन नजिकै छ, जब आमिरकी छोरी डोलीमा बसेर बिदा हुदैँ छिन् । खासमा इरा र नुपुर यही जनवरी ३ मा विवाह गर्दैछन् ।

भारतीय सञ्रचारमाध्यमका अनुसार आमिर आफ्नी छोरीको विवाहको लागि निकै उत्साहित रहेको र अभिनेताले व्यक्तिगत रूपमा बी–टाउनमा रहेका आफ्ना साथीहरू र सहकर्मीहरूलाई विवाहमा उपस्थित हुन र दम्पतीलाई आशीर्वाद दिन निम्ता दिएको जनाइएको छ । समाचार अनुसार, ‘धेरैजसो स्टारहरू छुट्टी मनाउन बाहिर निस्केका छन् तर ढुक्क हुनुहोस् कि यो बिबाह समारोहमा बलिउड स्टारहरूले भरिएको हुनेछ,’ अमरिका एक सहयोगीले भने ।

समाचार अनुसार बिग डेमा सहभागी हुन नसक्नेहरु जयपुरमा हुने रिसेप्सनमा सहभागी हुनेछन् । स्मरण रहोस इरा खान र नुपुरको विवाह महाराष्ट्रीय परम्परा अनुसार हुनेछ ।