काठमाडौं, १४ पुस । ललितपुरको बालकुमारीमा प्रहरीको गोली प्रहारबाट मारिएका युवाहरुको न्यायका लागि अछाम र दैलेखका जनप्रतिनिधिहरु छलफलमा जुटेका छन् । कर्णालीका दुई जिल्लाका जनप्रतिनिधिहरु अहिले पाटन अस्पतालमा छलफलमा जुटेका हुने ।
कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राखेर आन्दोलित भएका युवाहरुले हिजो राजधानीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले चलाएको गोली लागेर अछामको चौरपाटी गाँउपालिका–१ सिउडीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो ।
दुबै युवाहरुको शव पाटन अस्पतालमा राखिएको छ । जनप्रतिनिधिहरुले मृतकको न्यायका लागि पीडित परिवारलाई उचित क्षतिपूर्ती र दोषिमाथि कारबाही गरिनुपर्ने लगायतका विषयमा छलफल चलिरहेको बताइएको छ । जनप्रतिनिधिहरु पीडित परिवारसँग उनीहरुका मागबारे छलफल गरेर मात्र सरकारसँग वार्ता गर्ने टुंगोमा पुगेका छन् ।
पीडित परिवारले भने बमोजिमका उचित मागबारे साझा धारणा बनाएर सरकारसँग वार्ता गर्नेबारे कुराकानी भएको पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एंव अछाम क्षेत्र नम्बर १ का संघीय सांसद शेरबहादुर कुँवरले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्