काठमाडौं, १६ पुस । जापानमा शक्तिशाली भूकम्प गएको छ । आज मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । स्थानीय समयअनुसार बेलुका ४ स् १० मा भूकम्प गएको हो ।
जापानको मौसम विज्ञान एजेन्सीका अधिकारीहरूले सो क्षेत्रका निगता, इशिकावा, तोयामा, यामागाता, फकुइ र हेगोलगायतका क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रोविन शेरचनले भूकम्प गएको क्षेत्रमा ठूलो संख्यामा नेपाली रहेको बताउनुभयो ।
उहाँले नेपालीहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गर्नुभएको छ । केही समस्या भएमा एनआरएनएका पदाधिकारीलाई सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ । प्रभावित क्षेत्रबाट अहिलेसम्म क्षत्तिको विवरणहरु आइसकेको छैन ।













प्रतिक्रिया दिनुहोस्