जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १४:११

अर्थतन्त्रबारे नबुझीकनै हल्का टिप्पणी भइरहेको अर्थमन्त्री युवराज खतिवडाको खुलासा


काठमाडौं, असोज २ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलकको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यामहरुलाई सुझाव दिनुभएको छ । अर्थतन्त्रको बुझाई त्यत्ति सजिलो नभएकोतर्फ पनि सञ्चार माध्यामहरुलाई सचेत हुनुपर्ने धारणासमेत अर्थमन्त्री खतिवडाले राख्नुभएको छ ।

‘नीति, निर्माणको तहमा २५/३० वर्ष बिताएर पनि मैलै अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन ? भन्ने अझै बुझ्न सकेको छैन, अर्थतन्त्रबारे नबुझिकन हल्का टिप्पणी नगर्नाेस,’ काठमाडौंको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन आज उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ ? भनेर यकिन गर्ने अवस्था नरहेको पनि अर्थमन्त्री खतिवडाले प्रष्ट पार्नुभयो । अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढ्दै गईरहेका बेला खुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुने÷नहुने बहसको विषय भएको बताउनु भयो ।

मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको पनि उहाँको भनाई थियो ।