काठमाडौं, पुस १८। सरकारले पुनः राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयले राष्ट्रपति पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको हो । राष्ट्रपति पौडेलको उपचार खर्चवापत भुक्तानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सो रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति पौडेलका लागि यसअघि पनि पटक पटक उपचार खर्च निकासा भइसकेको छ । पछिल्लो पटक यो रकम निकासा गरिएको हो । अर्थ मन्त्रालयले सो रकम राष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ बमोजिम सो रकम प्रदान गरेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्