काठमाडौं, पुस २१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाममा खुलेयाम असुली धन्दा चलाउन लागिएको तथ्य उजागर भएको छ ।
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल र बैदेशिक रोजगार प्रबर्धन बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले माधव नेपालको नाममा मलेसिया जाने कामदारसँग असुली धन्दा अघि बढाएको स्रोतले जनाएको छ । मलेसियामा रहेका नेपाली कामदारको समस्या समाधान भन्दा असुली धन्दामा लाग्नुभएका राजदूत पौडेलले अहिले नेकपा एकीकृत समाजवादीका केही नेता र मन्त्रालयमा नियुक्ति पाएका पदाधिकारी मिलाएर मलेसिया जाने कामदार ठग्ने धन्दा चलाएको स्रोतको भनाई छ ।
राजदूत पौडेलले यही योजनाअनुसार पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आडमा आर्थिक भार थोपरिएको छ । यसैका लागि वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारको तथ्यांक ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ मार्फत अनलाइन प्रणालीबाट राख्ने तयारी भएको हो । कल्याणकारी आवरणमा सम्झौता गरिए पनि उद्देश्य मलेसियाको रोजगारीमा सिन्डिकेट लगाउने र असुली गर्ने योजना रहेको पाइएको छ ।
असुलीका लागि मलेसियाको एफडब्लूएमसीले मलेसियास्थित नेपाली दूतावासमार्फत गत जेठमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा प्रस्ताव पठाएको थियो। ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ को प्रस्तावअनुसार असोजमै सम्झौता भएको छ । सम्झौतामा मलेसियाको संस्थाबाट प्रबन्ध निर्देशक सिलन र नेपालका तर्फबाट वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले हस्ताक्षर गर्नुभएको छ । संझौता भइसकेको भए पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्झौता र मिति सार्वजनिक गरेको छैन ।
सम्झौतापत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, श्रम सचिव केवलप्रसाद भण्डारी, बोर्डका कार्यकारी निर्देशक उप्रेती र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँग मात्रै रहेको स्रोतको भनाई छ । बैदेशिक रोजगार ब्यवसायीका अनुसार मलेसिया सरकारले सन् २०२४ देखि नेपालबाट कामदार लैजाँदा म्यानेजमेन्ट सेन्टरमार्फत काम गर्ने बताएपछि मात्र सम्झौताबारे जानकारी पाएको बताएका छन । सम्झौतामा गुपचुप हस्ताक्षर भएको तथ्य बाहिरिएपछि वैदेशिक रोजगार व्यवसायी झस्किएका छन । यो संझौताले मलेसिया जाने कामदारमाथि सिधै आर्थिक भार थपिने छ ।
राजदूत पौडेलले खुलेयाम रुपमा पूर्वप्रधानमन्त्री माधव नेपालको आड लिनुभएको पाइएको छ । नेपाल गत साउनमा मलेसिया पुग्नुभएको थियो । उहाँलाई मलेसियामा बोलाएर राजदूत पौडेलले नेपाली श्रमिकको हितका लागि भन्दै ८ बुँदे प्रस्तावको मस्यौदा पेस गरी असुली धन्दा अघि बढाउनु भएको थियो । पौडेलले नेपाललाई नेपालको भाबी प्रधानमन्त्री भन्दै मलेसियाली गृहमन्त्री सैफुद्दिनसँग पनि भेट गराउनु भएको थियो । स्रोतका अनुसार नेपाललाई देखाएर नै राजदूत पौडेलले मलेसियाका सरकारी अधिकारीसँग ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ का विषयमा सहमति गराउनु भएको हो ।
मलेसिया भ्रमणमा नेपाल रहेका बेला राजदूत पौडेलले यहाँको रोजगार बिचौलियासँग पनि भेटवार्ता गराउनु भएको थियो । पौडेल नेकपा एकीकृत समाजवादी कोटाबाट राजदूत बन्नुभएको हो । सोही कारण उहाँले नेकपा एस चलाउन माधवलाई पैसा दिनुपर्ने भन्दै राजदूतको मर्यादा भुलेर असुली धन्दा चलाउनु भएको दूतावासकै एक कर्मचारीले बताएका छन ।
राजदूत पौडेलले खुलेयाम रुपमा पूर्वप्रधानमन्त्री माधव नेपालको आड लिनुभएको पाइएको छ । नेपाल गत साउनमा मलेसिया पुग्नुभएको थियो । उहाँलाई मलेसियामा बोलाएर राजदूत पौडेलले नेपाली श्रमिकको हितका लागि भन्दै ८ बुँदे प्रस्तावको मस्यौदा पेस गरी असुली धन्दा अघि बढाउनु भएको थियो
क्वालालम्पुरस्थित नेपाली दूतावासका श्रम सहचारी भोला गुरागाईंले प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत पठाइएको बाहेक अन्य विषयमा आफूलाई जानकारी नभएको तथ्य सार्वजनिक गरिसक्नु भएको छ । ‘अनलाइन सेन्टरका बारेमा काम गर्ने निकायले प्रक्रिया अघि बढाएको होला । त्यसमा के छ मलाई थाहा छैन’ भन्दै गुँरागाईं पन्छनु भएको हो ।
बायोमेट्रिक, भीएलएन, जीएसजी, वान स्टप सेन्टर र माइग्राम्सले मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षण र अन्य प्रक्रियाका नाममा ठगी गरेको भन्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २०७५ सालमा बन्द गरिदिनु भएको थियो । तर अहिले भने पुन सिन्डिकेट लगाएर नेपाली कामदारमाथि असुली धन्दा अघि बढाइएको हो । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मलेसिया मासिक १७ हजारभन्दा बढी नेपाली रोजगारीमा जाने गरेका छन । धेरै नेपाली कामदार रोजगारीका लागि जाने मुलुक मलेसिया हो । तर राजदूत पौडेल भने माधवको कामदारहरुका लागि सुरक्षित रोजगारीका लागि मुख्य भूमिका खेल्नुपर्ने कर्तब्य भुलेर असुली धन्दामा रहनुभएको हो ।
पौडेलले मानव तस्करसँग मिलेर काम दिनसक्ने क्षमता नै नभएको कम्पनीमा नेपाली कामदार लैजाने स्वीकृति दिएको समेत पाइएको छ।आर्थिक चलखेलमा राजदूत पौडेलले कामै दिन नसक्ने मलेसियाको स्टार डोमान एसडीअन नामको कम्पनीका लागि ९ सय कामदारको फाइल प्रमाणीकरण गरेको तथ्य यसअघि नै बाहिर आइसकेको छ ।
मलेसियाको स्टार डोमान कम्पनीमा ९ सय कामदारको फाइल अध्ययनको क्रममा श्रम सहचारीले विश्वसनीय नदेखिएको, कम्पनीको इमेल, बेबसाइट, नदेखिएको भन्दै रद्ध गरे पनि राजदूत पौडेलले आर्थिक लाभ लिएर प्रमाणिकरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्