जनता टाइम्स

२२ पुष २०८०, आईतवार १६:४८

मंकी किङ्गको खुल्यो भ्याकेन्सी ! काम के हो ?


वेइजिङ, २२ पुस । बाँदरले झैं उफ्रिने पछारिने गर्नु पर्दैन, न त अलौकिक शक्ति चाहिन्छ न बादलमा चढ्ने क्षमता । तपाई चिनियाँ लेजेन्ड मंकी किंगको फ्यान हुनु हुन्छ भने केरा खाने बाहेक अरू केही काम गर्नु पर्दैन । कति सजिलो काम हैं । यो काम सजिलो लाग्छ भने मंकी किंग बन्न तपाईँले पनि आफ्नो सीभी पठाउन सक्नु हुन्छ ।

नको पर्यटकीय गन्तव्य वुचिशान सिनिक एरियाले चीनको मिथक पात्र मंकी किंगका रूपमा मान्छेलाई भर्ना गर्न खोजिरहेको छ । यस कामका लागि छानिएको उम्मेदवारले मासिक ८४२ ९करिब १ लाख १२ हजार रुपैयाँ० अमेरिकी डलर पाउनेछन् । यसको बदलामा छानिएको व्यक्तिले मंकी किंगको भेसभुसा लगाएर पहाडको फेदमा रहेको गुफामा बस्नु पर्नेछ अनि पयर्टकहरुले दिएका केरा खानु पर्नेछ ।

चीनमा मंकी किंग निकै लोकप्रिय पौराणिक पात्र हो । यो जबको भ्याकेन्सी अनलाइनमा अहिले भाइरल बनेको छ । ‘कस्तो मजाको जागिर हो रु असिमित खाना अनि त्यसमाथि तलब पनि,’ टिकटकको चिनियाँ भर्जन दोउयिनमा एक युजरले कमेन्ट गरेका छन् ।

मंकी किंग बन्न कुनै शैक्षिक योग्यता मागिएको छैन । ठिकठाकको अभिनय गर्न आए पुग्छ । मंकी किंग बन्न २ जना कर्मचारीलाई नियुक्त गरिसकेको अब एक जना मात्रै चाहिएको बताइएको छ ।