काठमाडौं, पुस २९ । सरकारले निर्माण व्यवसायीहरूको काम गरेपतिको वक्यौता रकम भुक्तानी दिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आइतबारबाटै अगाडि बढाउने निर्णय भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितका पदाधिकारीहरुको छलफलपछि निर्माण ब्यवसायीको बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।
छलफलमा प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीको गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व गरी ६ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा गरेर विकास निर्माणमा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आतवारबाटै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।













प्रतिक्रिया दिनुहोस्