काठमाडौं, पुस २९ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले नियमित भिडियो समाचार सुरु गरेको छ ।
अन्तराष्टिेरय कमिटीसहित महादेशीय कमिटी र राष्ट्रिय कमिटीले गरेको कामलाई नियमित रुपमा जानकारी दिने उदेश्यक साथ भिडियो समाचार सुरु गरिएको अध्यक्ष सञ्जय थापाले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलले बिश्वरभ रहेका प्रवासी नेपालीको समस्यालाई उजागर गर्दै अन्तराष्ट्रिय कमिटीदेखि महादेसीय कमिटी र राष्ट्रिय कमिटीहरुले गरेको कामलाई भिडियो समाचारमार्फत जानकारी गराउन भिडियो समाचार सुरु गरिएको बताउनु भयो ।
मञ्चले भिडियो समाचारको पहिलो अंक प्रकाशन गरेको छ । पहिलो अंकमा प्रवासी नेपाली मञ्चको बिषयमा जानकारी गराइएको प्रचार बिभाग प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
सुन्नोस समाचार
प्रतिक्रिया दिनुहोस्