स्पेन, माघ १ । प्रवासी नेपाली मञ्च (ओएनएफ) स्पेनको अध्यक्षमा केदारनाथ ढुंगाना चयन हुनुभएको छ । आइतवार अर्थात जनवरी १४ मा बार्सिलोनामा सम्पन्न विशेष अधिवेशनले ढुंगानाको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो ।
बिशेष अधिवेशनले उपाध्यक्षमा कृष्ण सिग्देल, सचिवमा शिबप्रसाद गौतम तथा उपसचिवमा मोहनराज गौतम र नारायण सुवेदीलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा सन्तोष पौडेल, अर्पण तिवारी, प्रविण गुरूङ, कल्पना भुजेल थापा, सुमन गुरूङ, राजेन्द्र पराजुली, प्रभात शर्मा र सन्देश गिरी चयन हुनुभएको छ ।
प्रवासी नेपाली मञ्चका सचिव हेम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले समृद्ध नेपाल निर्माणको अभियानमा प्रवासबाट बिशेष रुपमा सघाउने अठोट गरेको छ ।
कार्यक्रममा प्रवासी नेपाली मञ्चका सचिव एवं कार्यक्रमका प्रमुख अतिथी शेर्पाले नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिनुभएको छ । उहाँले मञ्चको घोषित नीतिअनुसार काम अघि बढाउन निर्देशनसमेत दिनुभयो ।
अधिवेशनमा प्रमुख अतिथी शेर्पासहित बिशेष अतिथि मुक्त गुरुङ, पूर्वअध्यक्ष दिनेश गुरुङ, यज्ञनारायण पौडेल (रमेश) सल्लाहकार संयोजक दिनेशराज रेग्मी, हेमन्त रानाभाटलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्