काठमाडौंं, ९ पुस । ह्याम्स अस्पतालले डा. भगवान कोइरालासहित देशका सर्वोत्कृष्ट एवं चर्चित मुटुरोग विशेषज्ञहरूको सहभागितामा २४ सै घण्टा मुटु सम्बन्धी उपचार सेवा सञ्चालन गरेको छ । अत्याधुनिक प्रविधिसहित २४ सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालले मुटु सम्बन्धी समस्याको निदानका लागि नाम चलेका विज्ञहरूलाई राखेर उपचार सेवा चुस्त दुरुस्त बनाएको हो ।
मुटु रोगको उपचारमा ख्याति कमाएका डा. कोइरालासहित मुटुको शल्यक्रियामा डा. रोशन राउत, डा.ज्योतिन्द्र शर्मा र डा.रवि बरालको टिम रहेको ह्याम्सले जनाएको छ । राउतले कार्डियो विभागको नेतृत्व गरिरहनुभएको छ । कार्डियोलोजीमा डा. रोशन राउत, डा. दिवाकर शर्मा, डा. मानबहादुर केसी, डा. यादव भट्ट, डा. मुकुन्द शर्मा, डा. लक्ष्मण ज्ञवाली, डा. अमृत बोगटी, डा. रिजु मानन्धर, डा. पारस कोइराला रहेको अस्पतालले जनाएको छ ।

ह्याम्सको क्याथल्याब २४ सै घण्टा सञ्चालन हुने अस्पतालका अध्यक्ष आर.एस (रामशरण) भण्डारीले जानकारी दिनुभयो । अहिले नेपालमा प्रचलित मुटु रोगको उपचार सम्बन्धी सेवाहरूमा सबै भन्दा बढी प्रकारका सेवाहरू ह्याम्स अस्पतालमा उपलब्ध रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । डब्लुएचओका अनुसार एक हजार नवजात शिशुमध्ये ८ जनामा जन्मजात मुटु रोगको समस्या हुने अनुसन्धानले देखिन्छ ।
विकसित देशमा गर्भमै शिशुको मुटुको अवस्था जाँच गर्ने प्रविधि प्रचलित भए पनि नेपालमा भने हाल यस्तो सेवा ह्याम्समा सर्वसुलभ रूपमा उपलब्ध छ । यसअघि गंगालालको निर्देशकसमेत रहनुभएको ज्योतिन्द्र शर्मा अहिले ह्याम्सको कार्यकारी निर्देशक हुनुहुन्छ ।
उहाँका कारण पनि ह्याम्सले मुटु रोग उपचारमा फड्को मारेको बुझ्न सकिन्छ । मुटु रोगिका बिरामीको शल्यक्रिया सुरू हुनुपूर्व एनेस्थेसिया दिनुपर्ने हुन्छ, जुन अति संवेदनशील हुन्छ । यो सेवा ह्याम्समा दशकौँदेखि यसै विधामा अनुभवी डा. मुरारीराज उप्रेती नेतृत्वको टोलीले दिँदै आएको छ ।













प्रतिक्रिया दिनुहोस्