जनता टाइम्स

१ माघ २०८०, सोमबार २०:४१

पेट्रोल र डिजेलको मूल्य घट्यो (सूचीसहित)


काठमाडौं, माघ १ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यमा घटेर आएपछि निगमले पनि घटाएको हो ।

नयाँ मूल्य आजै रातिदेखि लागू हुनेछ । अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६३.५०, दोस्रो वर्गमा १६५, र तेस्रो वर्गमा १६६ रुपैयाँ कायम भएको छ ।

यसैगरी डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १५३.५०, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ ।

यस्तो छ नयाँ मूल्य सूचीः