जनता टाइम्स

१८ पुष २०८०, बुधबार ०८:२७

हामीमाथिको आरोप सत्य होइन : सुनगाभा भेट फर्मा


काठमाडौं, पुस १८ । सुनगाभा भेट फर्माले खोरेत र लम्पी भ्याक्सिनका लागि आह्वान गरेको बोलपत्रमा मिलेमतो भन्ने समाचारप्रति आपत्ति जनाएको छ ।

जनताटाइम्स डटकममा प्रकाशित समाचारलाई लिएर सो कम्पनीले कम्पनीले बदनीइतपुर्ण ढंगले कुनै काम नगरेको जनाएको हो । जनताटाइम्स डटकमलाई खण्डन पठाउँदै सो संस्थाले आवश्यक छानविनको माग समेग गरेको छ ।

खण्डनको पूर्णपाठ

मिति २०८०/०९/१७
श्रीमान सम्पादकज्यू,
जनता टाइम्स डट कम
विषय : समाचार खण्डन गरि पाउँ भन्ने सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा विषय यो छ कि मिति २०८० पुस १३ गतेका दिन तपाइको लोकप्रिय सञ्चारमाध्यम अनलाईनमा हाम्रो सुनगाभा भेट फर्माले १२ नोभेम्बर २०२३ मा नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनबाट बोलपत्र प्रकाशित गरे अनुसार NP-MOLD-392371-GO-RFB-2 slice मा निवेदक समेत रहेको यस सुनगाभमा भेट फर्मा र काभ्रे भेटरीनरी सेन्टर बनेपा काभ्रे, भेट लाइफ फर्मासिटीकल प्रा.लि त्रिपुरेश्वर, कान्तिपुर भेट डिस्ट्रीव्यूटर प्रा.लि त्रिपुरेश्वर रहेको र ती तीनै कम्पनीको नाममा मिति २०८० पुस १२ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहवार, सोही मितिमै कृषि विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलको नाममा प्रस्तुत पत्रको आधारमा तपाईको लोकप्रिय सञ्चार माध्यममा बोल पत्रको विषयलाई आधार बनाएर समाचार प्रकाशन गरेको पाउँदा हामीलाई अत्यन्तै दुखः लागेको छ ।

विषय यो छ कि बोलपत्र आव्हान गर्दा बोलपत्रको आफ्नै पद्धति हुन्छ । तिनै प्रक्रिया र पद्धतिलाई पालना गर्दैं सुनगाभा भेट पनि तीनै संस्थाहरुले जसरीनै विद्युतीय बोलपत्रमा सहभागी भएका हुन् ।

ति उल्लेखित कम्पनीहरुले प्रेसित गरेको पत्रको आधारमा समाचार बनेको र LSD तथा FMD VCACCINE को डोज एकै वा बोलपत्रद्धारा एकै वा दुई भर्न मिल्ने गरि आव्हान गरिएकामा सो बोल पत्रको रकम उल्लेख नगरी भ्रामक रुपमा बोल पत्र तयार गरिने केही व्यक्तिको मिलोमतोमा व्यक्तिलाई मात्र फाइदा पुग्ने र राष्ट्रलाई हानी हुने बदनियत राखी बोल पत्र तयार गरि प्रारम्भिक रुपमै बदनियत चिताई आव्हान गरिएको उक्त बोलपत्र, परियोजनाको वार्षिक कार्ययोजनामा नपरेको र माग गरिएको सामाग्रीको सम्बन्धमा कहीँ कतै मूल्यनै उल्लेख नगरी प्रचलित सार्वजनिक खरिद ऐनको बर्खिलाप हुने गरि त्रुटीपूर्ण रुपमा आव्हान गरि कार्य सम्पन्न भएको विवादित बोल पत्र बदर गरी पुनः बोलपत्र खोल्नको लागि निर्देशन हुने कार्यवाही हुन सादर अनुरोध छ भन्ने तिनै वटा कम्पनीबाट एकै प्रकारको व्यहोरा मिल्ने गरि सम्बन्धित निकायमा अनुरोध पत्र प्रेसित भएको पत्रको प्रतिलिपी तिनै सञ्चारमाध्यमबाट प्राप्त भयो ।

साथै FMD VACCINE का सन्दर्भमा बोलपत्र दाताले सप्लाई गर्ने VACCINE भेटरीनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालाबाट पोटेन्सि टेष्ट गराएको हुनु पर्नेमा सो समेत नगरेको अवस्थामा फर्म कम्पनीलाई बोलपत्र स्विकृत गरेको विषय झन् गम्भीर त्रुटी हुँदा उल्लेखित बोलपत्र अस्वीकृत हने निवेदन गरेको छौं भन्ने व्यहोरा पनि तिनै पत्रमा उल्लेख भएको पाइयो ।

यो विषयमा एल एस डी नेपाल परिक्षण सुविधा नभएको, एफ एमडी परिक्षण भएर स्वीकृत भएको, र एनएलएसले बोलपत्रमा माग गरेको पोटेन्सि अनुसार उत्पादक कम्पनीको ल्याव टेष्ट रिपोर्ट पेश भईसकेको छ । यहाँको लोकप्रिय सञ्चार माध्यममा प्रेसित समाचार र उल्लेख गरिएको निवेदन माथि हाम्रो राय यो छ कि प्रक्रिया र रीत नपुर्याई बोलपत्र खोल्ने भन्ने विषय नै हुँदैन । यहाँलाई विश्वास नलागेमा हामीले पेश गरेका कागजातहरु हामीसँग सुरक्षित छ । कीर्ते लेवल तथा कीर्ते परिक्षण रिपोर्ट पेश गरेर संस्थालाई झुक्याई टेण्डर पारेको भन्ने तथ्याहिन झुठो आरोप लगाएकोमा छानविन गरि झुठ ठहरेमा आरोपीलाई कारवाही गर्न अनुरोध समेत गर्दछु ।

आधारविना बोलपत्र स्विकृत र खोल्न पनि मिल्दैन सबैलाई जानकारी भएकै विषय हो । त्यसर्थ तपाईको लोकप्रिय सञ्चारमाध्यमलाई हामी विश्वासत पार्न चाहन्छौं कि यो समाचार हाम्रो व्यवसायलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले प्रेसित भएको ठहर्दछ । प्रकाशन भईसकेको सामाग्रीका विषय प्रति दुःख लागेको छ । त्यसर्थ तपाईको अनलाईन सञ्चारमाध्यममा गईसकेको समाचार प्रति हाम्रा ग्राहक, आम जनता र शुभचिन्तक प्रति भ्रम नहोस् भनेर समाचार खण्डन गरि सहयोग पुर्याई दिनु हुन यो खण्डन पत्र पठाएको छु ।

………………………..
सुनगाभा भेट फर्मा
कलंकी

यस्तो छ समाचार

खोरेत र लम्पी भ्याक्सिनका लागि आह्वान गरेको बोलपत्रमा मिलेमतो, खारेजका लागि उजुरी