काठमाडौं, माघ ३ । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक पर्वतकुमार कार्की नियुक्त हुनुभएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट अवकाश प्राप्त कार्कीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
खुल्ला प्रतिस्पर्धाका आधारमा सर्ट लिस्टमा परेका उम्मेदवारहरुमध्ये कार्कीसहित तीन जनाको नाम सिफारिश भएकोमा कार्की नियुक्त हुनुभएको हो ।
अर्थ मन्त्रालयले उहाँलाई कार्यकारी निर्देशक नियुक्त गर्न प्रस्ताव गरेको हो । नागरिक लगानी कोषमा यसअघि पनि राष्ट्र बैंकबाटै अवकाश प्राप्त रमन नेपाल कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।
नेपालले आफ्नो कार्यकाल पूरा गरी बिदा भएपछि खुल्ला प्रतिस्पर्धाबाट कार्की कार्यकारी निर्देशकको जिम्मेवारीमा आउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्