झापा, असोज ४
झापा र मोरङमा डुबेर दुई बालकसहित तीन जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ४ भुत्लुङ खोलाको निर्माणाधीन कल्भर्टका लागि खनिएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको हो ।
खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा स्थानीय १४ वर्षीय सुन्दर तामाङ र ११ वर्षीय क्रेडिट बुढाथोकीको शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा केही नभनी निस्केका उनीहरु अबेरसम्म नआएपछि खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।
यस्तै मोरङको कटहरी गाउँपालिका ४ स्थित जुडी खोलामा डुबेर ४० वर्षीय नारायण उरावको मृत्यु भएको छ । विश्वकर्मा पूजापछि मूर्ति सेलाउने समूहमा गएका उनी घर नफर्केपछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्