काठमाडौं, माघ ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित एक वडाध्यक्षलाई पक्राउ गरेको छ ।
आयोगको टंगालबाट खटिएको टोलीले बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेलाई घुसरकमसहित आज साँझ भक्तपुरबाट पक्राउ गरेको हो ।
१५ लाख घुससहित पक्राउ परेका बादे सत्तारुढ नेपाली कांग्रेसका नेता हुन । बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले जनाएअनुसार वडाध्यक्ष बादेलाई घुस लिइसकेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिइएको हो ।
आरोपी वडाध्यक्ष बादेसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्