काठमाडौं, माघ ५ । कपडा ब्यापारी नरेश अग्रवाल ठूलो परिमाणको रकमसहित पक्राउ परेका छन । राजस्व अनुसन्धान विभागले ब्यापारी अग्रवाललाई २ करोड नगदसहित पक्राउ गरेको हो ।
विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेको थियो। अग्रवाललाई घरबाटै सो परिमाणको रकमसहित पक्राउ गरेको हो ।
अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको विभागको प्रारम्भिक भनाई छ ।













प्रतिक्रिया दिनुहोस्