जनता टाइम्स

५ माघ २०८०, शुक्रबार १२:४२

आगलागीमा परी लमजुङमा एक महिलाको मृत्यु


लमजुङ, माघ ५ । लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्स्यांङ्दी गाउँपालिका–४ स्यागे बस्ने ४१ वर्षीय सन्तमाया श्रेष्ठ छिन् । गएराति उनको पक्की घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख ३५ हजार २ सय रुपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।