जनता टाइम्स

६ माघ २०८०, शनिबार १६:२०

सहकारीपीडितको पैसा सरकारले निर्तुपर्छ : रवि लामिछाने


काठमाडौं, माघ ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारीको ठगीबाट पीडित बनेकाहरुको पैसा सरकारले तिर्नुपर्ने बताउनु भएको छ ।

चितवनमा आज सहकारी पिडितहरुसँगको भेटघाट तथा अन्तरक्रियामा लामिछानेले यस्तो बताउनु भएको हो । लामिछानेले सहकारी खोल्न सरकारले लाईसेन्स दिने अनि सहकारीका सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताउनु भयो ।

साहारा सहकारीवाट ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि पैसा लगेको कुरा आएपछि लामिछानेले चितवनका सहकारी पीडितहरुसँग भेट गर्नुभएको हो । सो अवसरमा उहाँले सहकारीबाट पीडित बनेकाहरुको रकम सरकारले फिर्ता दिनुपर्ने तर्क गर्नुभएको हो ।

आफू टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफूलाई थाहा नभएको भन्दै लामिछानेले सहकारी पीडितहरुको पक्षमा आफु रहेको बताउनुभयो ।

उहाँले टेलिभिजनमा रहँदा कार्यक्रम चलाउने, समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवारी तहमा नभएको र टेलिभिजनमा रहँदा सञ्चालनका लागि कुनै पनि सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको बताउनुभयो ।

लामिछानेले समेत सहकारीसँग मिलेर ठगेको भन्दै सहकारी बिभागमा उजुरी दर्ता भएको छ । उहाँर्क पार्टनरले सहकारीबाट पैसा लिएर ठगी गरेको र त्यसबेला लामिछाने साथमै रहेको आरोप छ ।

सभापति लामिछानेले सवाल चितवनका सहकारी पीडितको मात्र नभइ देशैभरका सहकारी पीडितहरुको पक्षमा काम गर्न डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधान सहितको प्रतिवेदन तयार पारेको जानकारी दिनुभयो ।

करिब २ सयको हाराहारीमा जम्मा भएका सहकारी पीडितहरुले सहकारीमा पैसा डुबेको कारण औषधि उपचार लगायत खान समस्या भएको गुनासो गरेका थिए ।