जनता टाइम्स

७ माघ २०८०, आईतवार १३:३४

आधा किलो सुनसहित बिमानस्थलबाट एक जना पक्राउ


काठमाडौं, माघ ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट आधा किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन ।

दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिनुभयो । बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ ।

अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यसलाई सशस्त्र प्रहरी परिचालन पछिको सफलता ठानिएको छ ।