तनहुँ, १० माघ । बन्दिपुर गाउँपालिका–४, बिमलनगरबाट मंगलबार प्रहरीले सवारी चालक अनुमति पत्रको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालयमा सञ्चालित ‘ए’ वर्ग मोटरसाइकलको प्रयोगात्मक परीक्षा (ट्रायल)मा नक्कली परीक्षार्थी भानु–४ का ३० वर्षीय पुर्ण थापामगरलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।
भानु नगरपालिका–४ का ३५ वर्षीय सुरेश थापामगरको परीक्षामा पुर्ण उपस्थित भई सुरेशको नाममा किर्ते सही छाप गरी प्रयोगात्मक परीक्षामा सहभागी भएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पुर्णलाई किर्ते सम्बन्धी कसुरमा जिल्ला अदालत तनहुँबाट बुधबार ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्