काठमाडौ, ११ माघ । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार लगातार ३ दिन स्थिर रहेको सुनको भाउ आज भने घटेको हो । आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्