जनता टाइम्स

१३ माघ २०८०, शनिबार २३:०५

प्रवासी नेपाली मञ्च अमेरिकाले तोक्यो दोस्रो साधरणसभाको मिति, यस्ता छन एजेण्डा


अमेरिका, माघ १४ । प्रवासी नेपाली मञ्च अमेरिकाले दोस्रो साधरण सभाको मिति तय गरेको छ । जनवरी २१ मा जुम माध्यममार्फत बसेको प्रवासी नेपाली मञ्च अमेरिकाको १५औं केन्द्रीय कमिटी बैठकले आगामी मे २५ र २६ मा क्यालिफोर्निया राज्यको लस एन्जेलस शहरमा दोस्रो साधरणसभा गर्ने निर्णय गरेको हो ।

मञ्चको कामलाई तीब्रता दिन साधरणसभा तोकिएको अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनुभयो । बैठकले सोही समयमा प्रवासी नेपाली मञ्च क्यालिफोर्निया राज्य कमिटीको पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । अमेरिकाको २६ राज्यमा प्रवासी नेपाली मञ्चको राज्य कमिटी रहेका छन भने ८ सय ६२ जना संगठित सदस्य रहेका छन ।

प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षता र अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा बसेको बैठकमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य एवं अमेरिका महादेश इन्चार्ज प्रभु थापा बिशेष अतिथि हुनुहुन्थ्यो । यस्तै प्रबासी नेपाली मंच, अमेरिका महादेश कमिटीका संयोजक इश्वरी भट्ट, राष्ट्रिय कमिटिका सल्लाहाकार समिति संयोजक डा. रूद्र अर्याल, बिषय बिशेषज्ञ समितका संयोजक डा. सतिस देबकोटा र अमेरीकाका बुद्धिजीवी बिभाग प्रमुख कुलमणि आचार्य बैठकमा अतिथिका रुपमा रहनुभएको थियो ।

बैठकलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा र इञ्चार्ज प्रभु थापाले बिशेष कार्ययोजना बनाएर सदस्यता बृद्धि गर्न र संगठनको कामलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । बैठकको सञ्चालन सचिव छवि पाण्डेले गर्नुभएको थियो ।

बैठकले सदस्यहरुको नबिकरण र नयाँ सदस्यहरुको आबद्दता प्रत्येक बर्षको अप्रिल १५ भित्रमा गर्ने र सोही समयको सदस्यहरुको विवरणलाई आधार बनाई राज्य कमिटीको अधिबेशन गर्ने निर्णय गरेको छ ।

सचिव पाण्डेका अनुसार सोही निर्णयअनुसार आगामी अप्रिल १५ भित्र सदस्यता नविकरण गरी राष्ट्रिय कमिटीसंग समन्वयनमा अधिबेशनको मिति तय गर्न टेक्सास राज्य कमिटीलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । बैठकले भूमक्पपीडतका लागि संकलित आर्थिक सहायता अन्तराष्ट्रिय कमिटीलाई हस्तान्तरण गर्ने निर्णयसमेत गरेको छ ।