जनता टाइम्स

५ आश्विन २०७६, आईतवार ०९:२९

अनैतिक क्रियाकलापमा सङ्लग्न २९ जना राजधानीबाट पक्राउ


काठमाडौं, असोज ५

प्रहरीले काठमाडौँबाट २९ जनालाई अनैतिक क्रियाकलापमा सङ्लग्न भएको आरोपमा पक्राउ गरेको छ । शनिबारै गोङ्गबुका विभिन्न होटल, लज र रेष्टुरेन्टमा बसेर अनैतिक क्रियाकलापमा सङ्लग्न भएको आरोपमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैविच, ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुका छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरबाट ८७ हजारसहित नौ र टोखा नगरपालिका–९ मा कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा १० पुरुष र चार महिला जुवाडे रहेका छन् ।