जनता टाइम्स

१४ माघ २०८०, आईतवार १०:३४

अमेरिकाको प्रतिष्ठत ब्यावसायिक संस्था नेपाली रियल इस्टेट डेभलपमेन्ट फण्ड कर्पाेरेशनको अध्यक्षमा पुनः सञ्जय थापा


न्यूयोर्क, माघ १४ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा नेपाली रियल इस्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशन  (Nepali Real Estate Development Fund Corporation) को अध्यक्षमा पुनः चयन हुनुभएको छ ।

शनिवार अर्थात यही जनवरी २७ तारिकमा सम्पन्न कर्पाेरेशनको साधारण सभावाट मञ्चका अध्यक्ष थापा पुनः दोस्रो कार्यकालको लागि सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनभएको हो । यसैगरी प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्णप्रसाद लामिछाने सो कम्पनीको सचिवमा सर्वसम्मत चयन हुनुभएको छ ।

साधरणसभाले यसै क्षेत्रको अनुभवी व्यवसायीहरुलाई समेटेर २५ सदस्यीय कार्यकारिणी समिति चयन गरेको छ । नेपाली रियल इस्टेट डेभलपमेन्ट फण्ड कर्पाेरेशन अमेरिकामा विगत ४ वर्षदेखि घर जग्गाको कारोवार गरिरहेको प्रतिष्ठित संस्था हो । कुल १२८ जना शेयर सदस्यहरुवाट स्थापना भएको संस्था हो ।

नेपाली रियल इस्टेट डेभलपमेन्ट फण्ड कर्पाेरेशनले विगतदेखि पुराना घर खरिद गर्ने, त्यसको मर्मत गरी विक्री गर्ने र केही घरहरु खरिद गरी भाडामा पनि लगाइरहेको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार निकट भविष्यमा पुराना कामहरुलाई पनि यथावत संचालन गर्दै अमेरिकाको टेक्सास राज्यको हिउस्टन शहरमा करीव ७ रोपनी जग्गा खरिद गरी १७ वटा घरहरु निर्माण गर्ने योजना अन्तिम चरमा रहेको छ । यसको लागि फेव्रेवरीमा जग्गा खरिद कार्य सम्पन्न हुने सचिव लामिछानेले बताउनु भयो ।