जनता टाइम्स

५ आश्विन २०७६, आईतवार १३:४५

बसन्त थापा र विष्णु माझीको ‘बोकेझार’ सार्वजनिक


काठमाडौं, असोज ५

गायक बसन्त थापाको र गायिका विष्णु माझीको आवाजमा रहेको ‘बोकेझार’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द प्रह्लाद सुवेदीको रहेको छ भने संगीत बसन्त थापाको रहेको छ ।

संगीत संयोजन कृष्ण विक ‘भान्जा’ ले गरेका छन् । भिडियोमा शुशिल क्षेत्री, रक्षा श्रेष्ठ, श्रीकृष्ण बम मल्ल र नेपाली ठिटोको रहेको छ । भिडियोमा कोरीग्राफी तथा निर्देशन शुशिल क्षेत्रीको रहेको छ ।