सउल, माघ १७ । प्रबासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापा दक्षिण कोरियाकोभ्रमणमा आउनुहुने भएको छ । अध्यक्ष थापा सांगठानिक कामको सिलसिलामा मध्य तथा पूर्वीयदेशहरुको भ्रमणको क्रममा कोरिया आउन लाग्नुभएको प्रवासी नेपाली मंच दक्षिण कोरियालेजनाएको छ ।
अध्यक्ष थापा भ्रमणको क्रममा पाँच दिनसम्म कोरिया रहने कार्यक्रम रहेको प्रबासी नेपाली मन्च राष्ट्रिय कमिटीको आइतबार अध्यक्ष सृजना नेपालीले जानकारी दिनुभयो ।
नेपालीका अनुसारअध्यक्ष थापा कोरिया आउने भएपछि प्रबासी नेपाली मन्च राष्ट्रिय कमिटीले विशेष तयारी अघिबढाएको छ । अध्यक्ष सृजना नेपालीको अध्यक्षता र राष्ट्रिय कमिटी कोरिया इन्चार्ज सन्जु पौडेलकोविशेष उपस्थितिमा बसेको बैठकले उहाँको भ्रमणलाई सफल बनाउन विभिन निर्णय गरेको हो।
बैठकले अध्यक्ष थापाको स्वागतका लागि फेब्रुअरी २३ मा सवै पदाधिकारीहरु सउल एयरपोर्ट जाने रउक्त दिन अध्यक्ष राष्ट्रिय कमिटी कोरियाको व्यवस्थापनमा रहने कोरियाका अध्यक्ष सृजना नेपालीलेजानकारी दिनुभयो ।
यस्तै २४ तारिक सौलमा रहेको विभिन्न कम्पनिहरुको भ्रमण र त्यहा रहेकोनेपाली कामदारहरु संग छोटो भेटघाट गर्ने तथा साँझ राष्ट्रिय कमिटिको आयोजनामा उहॅाकोसम्मानमा सौलमा रात्री भोज सहितको भेटघाट कार्यक्रम गर्ने तय गरिएको छ ।
भ्रमणकै क्रममाफेब्रुअरी २५ का दिन क्षेत्रीय कमिटी बुसान र थेगुको सयुक्त आयोजनामा भेटघाट तथा क्षेत्रीय कमिटीथेगुको अधिवेशन थेगुमा गर्ने निर्णय समेत गरिएको छ ।
अध्यक्ष थापालाई फेब्रुअरी २७ तारिकमासौल एयरपोर्टवाट विदाइ गर्ने कार्यक्रम रहेको प्रवासी नेपाली मंच कोरियाका सचिव अंजन राईलेजानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्