काठमाडौं, १८ माघ । कञ्चनपुरमा हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट मृत्यु भएको हो ।
४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आगनमा बागमती प्रदेश को ०१०२९ च २८०६ नम्बरको हाईस चलाउने क्रममा हाईसको ठक्करबाट मञ्जु घाइते हुनुभएको थियो ।
उहाँको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्