जनकपुरधाम, १८ माघ । सर्लाही प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी टोलीले हरिवन नगरपालिका-११ कडरिया चौकबाट दुई जनालाई पक्राउ गरेको हो । सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालका अनुसार बरामद नक्कली नोट गणाको काम भइरहेको छ ।
प्रहरीका अनुसार नोटबारेको विस्तृत विवरण केही बेरमा आउने छ । यसअघि मंगलबार राति करिब ९ बजे मलंगवा नगरपालिका–३ नगरपालिका चोकस्थित अण्डा पसलबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित प्रहरीले श्रीमान् र श्रीमतीलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्