जनता टाइम्स

१८ माघ २०८०, बिहीबार २०:४३

दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने


काठमाडौँ १८ माघ । अभिनेता दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताउनुभयो । एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उहाँले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताउनुभएको हो ।

बजार चर्चाअनुसार दयाहाङ राईको हातमा अहिले १६–१७ वटा फिल्म छन् । उहाँले एकै महिनामा दुई तीन वटा फिल्मको सुटिङ एक साथ गरिरहेका छन् ।

माघ महिनामा डिग्रि माइला र भूठानको छायांकन सकाएका दयाले यही महिना मनसरा र रंगेलीको बाँकी काम सकाउने छन् । अर्को महिना भने उहाँले घर ज्वाइँलाई समय दिनुभएको छ । चैतको महिनाका लागि भने कार्साङ र दुःखी आत्माबीचको पहिला जाने प्रतिस्पर्धा छ । यसपछि भने लोकल हिरो, वरिष्ठ बलराम, गाउँ नै रमाइलो आदि फिल्मले पालो पाउँनेछन् ।