जनता टाइम्स

१९ माघ २०८०, शुक्रबार १३:४७

विधुत सट हुँदा निजगढमा आगलागी


बारा, १९ माघ । बाराको निजगढ नगरपालिका-४ स्थित चारघरे टोलमा विद्युत सट हुँदा एक घरमा आगलागी भएको छ ।

स्थानीय हिरा तिमिल्सिनाको घरको भुई तलामा विद्युत लाईन सर्ट भई आगलागी सुरु भएको थियो ।

तिमिल्सिनाको काठको घरको मुख्य राखनधरन गरिने कोठामा रकेको बिजुली बक्सबाट विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट तिमिल्सिनाको घरमा रहेका लत्ताकपडा, सामानहरु जल्दा अन्दाजी एक दुई लाख बराबरको क्षति भएको बताइएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

आगलागी स्थानीयवासी मिलेर रातीनै नियन्त्रणमा लिएका छन ।