जनता टाइम्स

२० माघ २०८०, शनिबार ११:४३

१५ औं तलाबाट दुई बालबालिकालाई फ्याक्ने चीनिया दम्पतिलाइ मृत्युदण्ड


बेइजिङ, २० माघ । चीनमा एक जोडीलाई फाँसी दिइएको छ । उनीमाथि दुई बालबालिकाको हत्या गरेको आरोप लागेको थियो । यी दम्पतीले २ नोभेम्बर २०२० मा आफ्ना दुई बच्चाहरूलाई १५ औं तलाबाट फ्याँकेको पुष्टी भए पछि उनीहरूलाइ फाँसी दिइएको हो । उनीहरूले फ्याके लगत्तै दुवै बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

जब आरोपी दम्पतीसँग यो घटनाको बारेमा चर्चा भयो, उनीहरूले यसलाई दुर्घटना भनेर टार्न खोजेका थिए । तर, प्रहरीले अनुसन्धान थाले पछि दम्पतीले षडयन्त्रमा बालबालिकाको हत्या गरेको थाहा भयो । यस विषयमा स्थानीय प्रहरीले उनीहरू विरुद्ध मुद्दा समेत दायर गरे । झाङ बो भन्दा पहिले चेङचेनको पहिलो पतिको नाम झाङ बो थियो । तर, सम्बन्ध विच्छेद पछि उनी झाङ बोसँग संलग्न भइन् । चेङचेन झाङ बोका छोराछोरीसँग बस्न चाहँदैनन् । यही कारण थियो कि उनले झांग बोलाई हत्या गर्न उक्साए ।

चोङकिङ सरकारी वकिलको कार्यालयले जारी गरेको सूचना अनुसार झाङ र चेङचेन बीच सामाजिक सञ्जालमार्फत भेट भएको हो । कुराकानी अगाडि बढ्दै जाँदा उनीहरु सम्बन्धमा प्रवेश गरे । डेली मेलको रिपोर्टका अनुसार यो जोडी बस्ने ठाउँको नाम टावर ब्लक थियो। झाङ बो पनि विवाहित थिए । उनकी श्रीमतीको नाम चेन मेलिन थियो । यसका बाबजुद पनि उनी ये चेङसेनसँग नै रहेका थिए ।