जनता टाइम्स

५ आश्विन २०७६, आईतवार १८:५७

राष्ट्रपति भण्डारीको अभिव्यक्तिप्रति देउवाको आयो यस्तो टिप्पणी, समर्थक नै परे चकित


काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले बोलेको विषयमा सामान्य भएको बताउनु भएको छ । राष्ट्रपति भण्डारीले देउवाले बोलेको विषयमा आफुले सुनिन भनेर कुटनीतिक रुपमा दिएको जवाफको केही आलोचना गरेपछि देउवाको यस्तो भनाई आएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टीकाटिप्पणी भइरहँदा देउवाले राष्ट्रपतिको कुराले ‘आफ्नो चित्त नदुखेको’ बताउनु भएको छ । सभापति देउवाले राष्ट्रपतिको कुरालाई ‘सामान्य रूपमा’ लिएको उहाका स्वकीय सचिव भानु देउवाले आइतवार बताउनु भयो ।

‘सामाजिक सञ्जालमा जसरी टीकाटिप्पणी भइरहेको छ उहाँ (सभापति देउवा) ले त्यसरी लिनुभएकै छैन’, उहाको भनाई छ । ‘उहाँले राष्ट्रपतिको कुरालाई सामान्य रूपमा लिनुभएको छ। राष्ट्रपतिको कुराले आफ्नो चित्त नदुखेको उहाँले भन्नुभएको छ’, स्वकीय सचिव देउवाको भनाई छ ।