जनता टाइम्स

२१ माघ २०८०, आईतवार १५:४८

भोलि देशभरका फिल्म हल बन्द हुने


काठमाडौं, २१ माघ । यही माघ २२ गते सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।