हेटौँडा, २१ माघ । हेटौँडा उपमहानगरपालिका मकवानपुरका स्थानीय तहहरूमध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो हुन सफल भएको छ । ८८.५ अङ्कसहित शीर्ष स्थानमा रहेको हेटौँडाले विभिन्न १० वटा सूचकहरूमा राम्रो प्रदर्शन गर्यो । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना तर्जुमा, आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन लगायतका क्षेत्रमा उच्च अङ्क प्राप्त गर्न सफल रह्यो ।
गत वर्षको तुलनामा यस पटक उपमहानगरपालिकाको प्रदर्शनमा सुधार देखिएको छ । जिल्लाका अरू स्थानीय तहहरूमा पनि प्रगति देखिएपनि हेटौँडा शीर्ष स्थानमै कायम रह्यो । जिल्लाका भीमफेदी गाउँपालिकाले ६४.७५ अङ्क, कैलाश गाउँपालिकाले ६१.५ अङ्क, ईन्द्रसरोवर गाउँपालिकाले ६१.७५ अङ्क र बाग्मती गाउँपालिकाले ५७.७ अङ्क प्राप्त गरेका छन् । भने ४ स्थानीय लहले अझै सम्म बिवरण बुझाएका छैनन् ।
संस्थागत क्षमता स्वमूल्याङ्कनले स्थानीय तहका सबल र कमजोर पक्षहरूको पहिचान गर्न मद्दत पुर्याउँछ । यसका आधारमा स्थानीय तहले आफ्नो क्षमता अभिवृद्धिका लागि योजना बनाउन सक्लान् । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा भने जिल्लाका १० पालिका मध्य ४ पालिकाले मात्र बिवरण बुझाएका छन् ।
हेटौंडा उपमहानगरपालिका, मकवानपुर गढीगाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिकाले मात्र बिवरण बुझाएकोमा सबैभन्दा अगाडी हेटौंडा उपमहानगरपालिका नै रहेको छ । ७१ अङ्कसहित शीर्ष स्थानमा रहेको हेटौँडाले विभिन्न ५ वटा सूचकहरूमा राम्रो प्रदर्शन गर्यो । मकवानपुर गढीगाउँपालिकाले ७०.७, बकैया गाउँपालिकाले ६८.५, र इन्द्रसरोवर गाउँपालिकाले ४५.५ अङ्क प्राप्त गरेका छन् । प्रदेशभरको नतिजा हेर्दा देशभरकै अगाडी रहेको खैरहनी नगरपालिका ९९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्