बैतडी, २१ माघ । बैतडीमा लडेर घाइते हुनुभएको एक महिलाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–२ शर्मालीको ३८ वर्षीया तोलादेवी महताको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो । शुक्रबार घरबाट धनकोट भन्ने स्थानमा जाँदै गर्नुभएको महता लडेर घाइते हुनुभएको थियो ।
उहाँको टाउकोमा चोट लागेको थियो । स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उहाँलाई डडेल्धुरा अस्पताल हुँदै निसर्ग अस्पताल धनगढी पुगाइएको थियो । महताको गएराति १२ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्