काठमाडौं, माघ २३ । प्रेस चौतारी नेपालले प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीलाई सम्मान गरेको छ । आफ्नो २६औं स्थापना दिवसको अवसरमा चौतारीले मञ्च र अध्यक्ष सञ्जय थापालाई सम्मान गरेको हो ।
काठमाडौंमा आयोजित बिशेष कार्यक्रमबीच एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल, उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले अध्यक्ष थापाको तर्फबाट अन्तराष्ट्रिय कमिटीका सदस्य सरस्वती केसीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै मञ्चकी केन्द्रीय सदस्य केसीले प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाको तर्फबाट स्थापना दिवसको शुभकामना सन्देश सुनाउनु भयो । उहाँले प्रेस चौतारीसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिँदै अध्यक्ष थापाको तर्फबाट शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मञ्चले स्थापना दिवसको अवसरमा प्रेस चौतारीले प्रदान गर्ने पुरस्कारको राशी सौजन्य गर्दै आएको भन्दै अध्यक्ष थापासहित पदाधिकारी र सचिवालय सदस्यहरुको नाम लिएरै धन्यवाद दिनुभयो । उहाँले दुई संगठनबीचको सहकार्यलाई निरन्तरता दिई एकले अर्काको अवाश्यकता परिपुर्ति गर्न सदैव ध्यान दिइने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि पौडेल र बिशेष अतिथी गुरुङले पनि प्रवासी नेपाली मञ्चले सह्रानीय काम गरेको भन्दै अध्यक्ष थापासहित सवैलाई धन्यवाद दिनुभएको थियो । प्रेस चौतारीले प्रत्येक बर्ष प्रदान गर्ने पुरस्कार प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले प्रायोजन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्