जनता टाइम्स

२३ माघ २०८०, मंगलवार १७:३२

रोकिएको एमाले धादिङ अधिवेशन १ फागुनबाट सुरु हुने


काठमाडौं, २३ माघ । प्रतिनिधि विवादका कारण प्रभावित भएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन १ फागुनबाट सुरु हुने भएको छ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले अधिवेशनको बन्दसत्र १ फागुन ११ बजे सुरु हुने सूचनामार्फत जनाउनुभएको छ ।

गत १९ माघमा उद्घाटन भएको अधिवेशन आन्तरिक विवादका कारण स्थगित भएको थियो। विवाद बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षलाई बालकोट बोलाएर छलफल गर्नुभएको थियो ।

छलफलपछि प्रतिनिधि छनोटमाथि केन्द्रीय संगठन विभागले अनुसन्धान गरेर बन्द सत्र सुरु गर्ने सहमति जुटेको थियो। एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी हुनुहुन्छ ।