काठमाडौं, असोज ५ । राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन जापान जाने हुनुभएको छ । राष्ट्रपति भण्डारी दसैँलगत्तै जापान जान लाग्नुभएको हो ।
जापानी सम्राट नारोहितोको राज्याभिषेक समारोह आगामी अक्टोबर २२ अर्थात कात्तिक ५ गतेका लागि तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति भण्डारी नारोहितोको राज्याभिषेकमा सहभागी हुन अक्टोबर १६ अर्थात असोज २९ गते गते म्यानमार हुँदै जापान प्रस्थान गर्ने र अक्टोबर २३ तारिख अर्थात कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
एक सय २६ औँ सम्राट बनेर नारोहितो औपचारिक रूपमा जापानको सिंहासनमा बसिसक्नुभएको छ । उहाँले मे १ मा जापानको सिंहासन सम्हाल्नुभएको थियो । गत मे १ मा नै सिंहासनमा बस्नुभएका नारोहितोको राज्याभिषेक भएको थिएन । राज्याभिषेक कार्यक्रमका लागि विश्वका विभिन्न देशका राजा र राष्ट्र प्रमुखहरूलाई आमन्त्रण गरिएको छ ।
सम्राट अकिहिताले ‘क्राइसेथिमस थ्रोन (राजगद्दी) आफ्नो छोरा नारोहितोलाई हस्तान्तरण गर्नुभएको थियो । जापान बसाईको क्रममा राष्ट्रपति भण्डारीले बिभिन्न मुलुकका राष्ट्र प्रमुखहरुसँग शिष्टाचार भेटसमेत गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र स्रोतको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्