जनता टाइम्स

६ आश्विन २०७६, सोमबार ०८:५८

स्कुटर दुर्घटनामा परि युवतीको मृत्यु


कपिलवस्तु, असोज ६

तौलिहवा–जितपुर सडकखण्डको कपिलबस्तु नगरपालिका–६, निगालीचोकमा आइतबार राति स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका–५ झण्डाकी २८ वर्षीया लक्ष्मी आचार्य घिमिरे रहेको प्रहरीले जनाएको छ।

आचार्य सवार लु २३ प १५१४ नम्बरको स्कुटरले साइकलयात्रीलाई बचाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। दुर्घटनामा घाइते आचार्यको उपचारको क्रममा राति ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले बताउनु भयो । साइकलमा सवार व्यक्तिको बुटवल क्रिमसनमा उपचार भइरहेको छ।