अछाम, २४ माघ । अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको पञ्देवल विनायक नगरपालिका–५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो । उहाँ एभरेस्ट नेटवर्क प्रालिमा कार्यरत हुनुहुन्थ्यो ।
दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ । उहाँलाई मंगलवार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते हुनुभएको बुढालाई अस्पताल पुर्याइएको थियो । अस्पतालले उहाँलाई तत्काल मृत घोषणा गरेको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्