जनता टाइम्स

२५ माघ २०८०, बिहीबार १८:२९

सुन प्रकरणमा भीमकान्त भण्डारीले दिए बयान


काठमाडौं, २५ माघ । सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६० किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । समितिले आज उनीसँग बयान लिएको हो ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो । यसअघि भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सोधपुछ गरेको थियो ।